AnonymousUser

Logout

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्ने ३ दलबीच समझदारी

माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले तीन दलबीच तत्काल सर्च कमिटीलाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको बताए।

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाएकाका आफन्तले चर्को मूल्यमा ट्याक्टर ‘रिजर्भ’ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ। 

विषाक्त मदिरा सेवनबाट बिहारमा २० जनाको मृत्यु

भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ। 

तस्करी रोक्न जनावरको वैध व्यापार, प्रयोगशालामै गरिन्छ उत्पादन 

यी जीवहरूको कानूनी उपलब्धताले तस्करी कम हुनका साथै मूल्य पनि घटेको छ। तर पर्यावरणविद्हरू भने कानूनी वन्यजन्तु व्यापारसँग धेरै खुसी छैनन्।

नेवानिद्वारा ६ अर्ब ३२ करोड रुपैयाँ ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।

होटलको तेस्रो तलाबाट खसेर चर्चित गायक लियाम पेनको निधन

पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ। 

यी ५ प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु

नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरीमा मनाइयो दही छ्याप्ने जात्रा (तस्वीरहरू)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ।

बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला खण्डमा राति सवारीसाधन चलाउन रोक

सडक डिभिजन भक्तपुरले बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको छ।

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेको एमालेको प्रस्टोक्ति

मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ‍।

बाढीपहिरोबाट विस्थापित परिवार १८ दिनदेखि त्रिपालमुनि

काभ्रेपलान्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेको तामाङ बस्ती बगाएपछि स्थानीय बासिन्दा लुइँचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन्।

वीरगन्ज र जनकपुरमा आयोजना हुँदै ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

नेपाल पिक्चर लाइब्रेरीको ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण कात्तिक २ देखि वीरगन्ज र जनकपुरबाट शुरू हुने भएको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

धौलागिरिमा ज्यान गुमाएका ५ रसियन पर्वतारोहीको शव काठमाडौँ पठाइयो

धौलागिरि आरोहणका लागि गएका पाँच रसियन आरोही सात हजार ६०० मिटरको उचाइबाट असोज २१ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए भने २३ गते दिउँसो उनीहरूको शव भेटिएको थियो।  

कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।