AnonymousUser

Logout

त्रियुगा नदीमा डुबेर २ बालिकाको मृत्यु, १ बेपत्ता

त्रियुगा नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको र एक बेपत्ता रहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

अर्घाखाँचीको जयठाटीमा बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ भने आठ जना घाइते भएका छन्।

हुम्लामा ३ दिनपछि पुनः शरू भयो हवाई उडान

सोमबार नेपालगन्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन्। 

उत्तराखण्डको मार्चुला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजारनजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

 कार्यविधि नबन्दा १ वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

संघीय सरकारले पुनर्निर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीको भनाइ छ।

युवकलाई बेपत्ता पारेको आरोपमा १ जना पक्राउ

रामेछापको मन्थलीका वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उत्तराखण्डको मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

सोमबार बिहान उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा बनेको प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्।

पानी परेसँगै हवाई उडान प्रभावित

काठमाडाैँ उपत्यकालगायत देशका विभन्न भागमा वर्षा भएसँगै हवाई उडान सामान्य प्रभावित भएको छ।

कमला ह्यारिसले चुनाव जितेको हेर्न चाहन्छ युरोप

यदि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुन: निर्वाचित भए युरोपले गम्भीर समस्याहरूको सामना गर्न सक्छ। सुरक्षा र स्वतन्त्र व्यापार सम्झौता खतरामा पर्न सक्छ।

स्पेनिस ला–लिगामा बार्सिलोनाको अर्को जित

आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो।

उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै बांग्लादेश तथा भारतको मणिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

तिहार सकिएसँगै थालियो छठको तयारी

राजधानीका गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थान तथा तराईका जिल्लामा छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ।

मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने

सोमबार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान वर्षाको सम्भावना रहेको छ।

प्रदूषणका कारण पाकिस्तानको लाहोरमा विद्यालय बन्द

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको आकाश धुलोधुवाँ, प्रदूषण मिश्रित कुहिरोले ढाकिएपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

खैबर ओएसिसमा भेटियो कांस्य युगको पुरातात्त्विक शहर

रोयल कमिसन फर अलउलाले पुरातत्त्वविद्ले साउदी अरबको उत्तर–पश्चिमस्थित खैबर ओएसिसमा कांस्य युगको पुरातात्त्विक शहर पत्ता लगाएको घोषणा गरेको छ।

उत्पादन घटेपछि कोदोखेती छाड्दै जुम्लाका किसान

दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने तिला– १ का स्थानीय नर रावत बताउँछन्।

सुन्तलाखेती छाडेर मौरीपालन थालेका टीकारामले गर्छन् वार्षिक ३५ लाख आम्दानी

तरकारी खेती, गाईबस्तु तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा धेरैको आकर्षण बढेको यस पेसामा लागेका किसानहरू बताउँछन्।

सुनसरीमा जुवाको खालबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ

जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले ९ लाख ६८ हजार रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको हो। 

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो

जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।