AnonymousUser

Logout

कर्णालीमा हवाई उडान संख्या थपिने, अनियमितता रोक्न अनलाइनबाट टिकट

कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।

कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्न लागेको हो।

प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै : गठबन्धन दल

सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।

गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ललितपुरवासीले गर्व गर्ने सहर बनाउँछौँ

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुरमा सत्ता गठबन्धनका तर्फका उम्मेदवारले ललितपुरलाई ललितपुरवासीले गर्व गर्न लायक बनाउने प्रतिवद्धता जनाएका छन्।

निर्वाचनकेन्द्रित 'लाइभ डिबेट'मा आउन देउवालाई ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं शेरबहादुर देउवालाई निर्वाचनकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

रुसी लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि दुई जना पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पुकार बमलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

सीडीओलाई आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिए।

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्रदेश १, मधेस र बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा पठाइसकेको जनाएको छ।

कांग्रेस प्रवक्ता भन्छन्- गठबन्धनका कारण पार्टीका प्रभावशाली नेताहरूले टिकट पाएनन्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका नेताहरूलाई व्यवस्थापन गर्दा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट नपाएको बताएका छन्।

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।

मंगलबार देशैभर सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ। आइतवार निधन भएका जोशी वाङ्मयका क्षेत्रमा सक्रिय थिए।

कृषिविज्ञ भन्छन्- खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाऊँ

कृषिविज्ञहरूले नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने बताए।

युगान्डामा इबोला महामारीपछि लकडाउन घोषणा

सेप्टेम्बरमा इबोला महामारी शुरू भएयता त्यहाँ २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।

'आफू राम्रो र अरू नराम्रो भनी प्रचार-प्रसार गर्न पाइँदैन'

आयोगले उम्मेदवारले आफू राम्रो र अरू दल तथा स्वतन्त्र उम्मेदवार नराम्रो भनी प्रचार-प्रसार गर्न नपाइने बताएको छ। आयोगले आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामको मात्रै प्रचार-प्रसार गर्न सुझाएको छ।

सीले गरे शून्य कोभिड नीतिको बचाउ

सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे। 

जोशीलाई यसरी सम्झिन्छन् भैरव रिसाल र त्रिरत्न मानन्धर

मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।

एक्लाएक्लै कसैको बहुमत आउँदैन, दलहरू मिल्नु आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन :  कुन दलका कति उम्मेदवार?

आसन्न निर्वाचनका लागि देशैभरबाट २५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २२९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।