Friday, April 26, 2024

-->

कात्तिक नाचको दोस्रो दिन आज बाथः प्याखँ हुँदै

३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ।

कात्तिक नाचको दोस्रो दिन आज बाथः प्याखँ हुँदै

काठमाडौँ– ३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ। नेपाल भाषामा बाथःको अर्थ ‘बाख्रा’ हो भने प्याखँको अर्थ ‘नाच’ हो।

कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार बाथः प्याँखमा तीन धूर्त मानिसले एक पसलेसँग बाख्रा खरिद गर्दा गर्ने चतुर्‍याइको विषयमा केन्द्रित छ। पसलेसँग ठूलो र सानो गरी दुई बाख्रा हुन्छ। जसको मूल्य क्रमशः १२ र ६ रुपैयाँ दाम पर्छ। तर, धूर्त तीन मानिसले कसरी ठूलो बाख्रालाई नै ६ रुपैयाँमा किनेर लैजान्छ, नाच सोही परिवेशमा घुमेको छ।

कात्तिक नाच आइतबारबाट विधिवत् रूपमा शुरु भएको हो। पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन गरिएको थियो। पाटनस्थित कात्तिक डबलीमा हरेक साँझ ७ बजेबाट प्रहसन हुँदै आएको छ।


सम्बन्धित सामग्री