Monday, May 06, 2024

-->

साँखुमा बज्रयोगिनी जात्राको उमङ्ग (तस्वीरहरू)

बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई बाजागाजासहित खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने चलन रहिआएको छ।

साँखुमा बज्रयोगिनी जात्राको उमङ्ग तस्वीरहरू

काठमाडौँ– प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन शुरू भएर वैशाख कृष्ण अष्टमीसम्म आठ दिन चल्ने साँखु जात्राको पाँचौँ दिनमा (शुक्रबार) मुख्य जात्रा मनाइएको छ।

पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर पूजा अर्चना गरी आठ दिनसम्म साँखुको नगर परिक्रमा गराउने गरिन्छ। जात्रा मंगलबारदेखि शुरू भएको हो।

साँखु बस्तीबाट दुई किलोमिटर माथि रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीलाई ठूलो खाटमा राखेर साँखु बस्तीमा ल्याई आठ दिनसम्म विभिन्न स्थानमा परिक्रमा गराउने र फिर्ता लगेर मन्दिरमा पुनर्स्थापना गर्ने चलन रहेको छ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हीरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ। बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई बाजागाजासहित खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ।

थप तस्वीरहरू हेर्न स्लाइड गर्नुहोस्:


सम्बन्धित सामग्री