Thursday, May 09, 2024

-->

ओपनहाइमरलाई सर्वाधिक ७ विधामा ओस्कार, अरु कसले कुन विधामा जिते अवार्ड (तस्वीरसहित)

अमेरिकाको लस एन्जल्स शहरमा आयोजित ९६ औँ संस्करणको यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।

ओपनहाइमरलाई सर्वाधिक ७ विधामा ओस्कार अरु कसले कुन विधामा जिते अवार्ड तस्वीरसहित
सिलियन मर्फे/ तस्वीरहरू: द न्युयोर्क टाइम्स

काठमाडौँ– अमेरिकाको लस एन्जल्स शहरमा आयोजित ९६ औँ संस्करणको यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। सोमबार बिहान लस एन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे।

ओपनहाइमर टिम

यो फिल्म आणविक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ। सिलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन्। सिलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन्।

ओपेनहाइमरले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको छ। यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जित्दा ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कस्ट्युम डिजाइन’, ‘मेकअप एन्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पोल्टामा पार्‍यो।

एम्मा स्टोन

सन् २०२३ मा सर्वाधिक ग्रस गरेको फिल्म ‘बार्बी’को गीत ‘ह्वाट वाज आइ मेड फर ?’का लागि बिली एलिसले ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्डमा चित्त बुझाइन्। यो फिल्म आठ विधाको मनोनयनमा परेको थियो।

फिनेस व केनेल र बिली एलिस

फिल्म ‘होल्डओभर्स’का लागि द–भाइन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितिन्। फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले ‘बेस्ट साउन्ड’ र ‘बेस्ट इन्टरनेसनल फिचर’को अवार्ड चुम्यो।

इमिली ब्लन्ट र रियान गोसलिङ

‘ट्वान्टी डेज इन मौरिपल’ले ‘बेस्ट डकुमेन्ट्री फिचर’ जित्दा ‘एन्टोमी अफ ए फल’ ले ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘अमेरिकन फिक्सन’ले ‘बेस्ट एडेप्टेड स्क्रिनप्ले’, जापानी फेन्टासी फिल्म ‘द ब्वाइ एन्ड द हिरोन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’, ‘गोडजिला मिनस वन’ले ‘बेस्ट भिजुअल इफेक्ट्स’, ‘वार इज ओभर! इन्स्पायर्ड बाइ द म्युजिक अफ जोन एन्ड योको’ले ‘बेस्ट एनिमेटेड सर्ट’, ‘द लास्ट रिपेयर सप’ले ‘बेस्ट डकुमेन्ट्री सर्ट’ र ‘द वन्डरफूल स्टोरी अफ हेनरी सुगर’ले ‘बेस्ट लाइभ एक्सन सर्ट’को अवार्ड जित्यो।


 


सम्बन्धित सामग्री