Friday, May 03, 2024

-->
शिक्षकको प्रदर्शन
माइतीघरमा शिक्षकहरूको प्रदर्शन

शिक्षकहरूले पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन्। माइतीघरमा जम्मा भई शिक्षकहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक संघ, राष्ट्रिय समितिको आयोजनामा बृहत् विरोध प्रदर्शन गरिएको हो। उनीहरूले ‘संघीय शिक्षा ऐन जारी गर्’, ‘विद्यालय कर्मचारीहरूका माग पूरा गर्’, ‘नेपाल शिक्षक महासंघसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्’, ‘६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्’, ‘विद्यालय कर्मचारीहरूको तलबमान कायम गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले प्रदर्शनका क्रममा १६ मुख्य नाराहरू र बजेटबाट तत्काल सम्बोधन हुनुपर्ने ११ मागहरू प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: