Monday, April 29, 2024

-->

पूर्वीय र पश्चिमा दर्शनबीचको आधारभूत अन्तरबारे स्वामी विवेकानन्द [भिडियो मन्थन शृंखला–२]

भिडियो शृंखलाको यो दोस्रो अंकमा मैले भारतीय विचारक स्वामी विवेकानन्दले सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्वका धर्महरूको (सर्वधर्म) सम्मेलनमा राखेको विश्वविख्यात मन्तव्यलाई केन्द्रमा राखेको छु।

पूर्वीय र पश्चिमा दर्शनबीचको आधारभूत अन्तरबारे स्वामी विवेकानन्द [भिडियो मन्थन शृंखला–२]

संसारमा जति आस्थाहरू छन् तिनका बीचमा बहसहरू हुनु स्वाभाविक हो। राजनीति र धार्मिक आस्थाबीचको सम्बन्धबारे मैले शुरू गरेको भिडियो शृंखलाको पहिलो अंक त्यस्तो बहस तिक्तता र हिंसातिर डोरियो भने के हुन्छ भन्नेमा केन्द्रित थियो ।

तर त्यस्तो तिक्तता र हिंसालाई परै राखेर विभिन्न खाले आस्थाहरूबारे वस्तुगत बहस हुनु सम्भव र आवश्यक दुवै छ। यसै पनि सबै खाले मानवीय विचारहरू यसै गरी बहस र मन्थनबाट परिस्कृत हुँदै जाने हुन्।

त्यही भिडियो शृंखलाको यो दोस्रो अंकमा मैले भारतीय विचारक स्वामी विवेकानन्दले सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्वका धर्महरूको (सर्वधर्म) सम्मेलनमा राखेको विश्वविख्यात मन्तव्यलाई केन्द्रमा राखेको छु। 

साथै, आजको भारतमा आस्था र दर्शनको विषयमा गम्भीर विचार राखिरहेका र संवाद गरिरहेका डा. विकास दिव्यकीर्ति र आचार्य प्रशान्तलाई उद्धृत गर्दै पश्चिमा र पूर्वीय दर्शनबीच के कस्ता भिन्नता छन् भन्ने चर्चा गरेको छु । शृंखलाको तेस्रो भिडियोमा पूर्वीय दर्शनको विकासक्रमलाई अझ विस्तारमा चर्चा गर्नेछु।

अहिलेलाई प्रस्तुत छ स्वामी विवेकानन्दको मतमा आधारित यो भिडियो मन्थन: 


लेखक क्षेत्रीले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीका लागि हेर्नुहोस्ः द हिमालयन गेज


सम्बन्धित सामग्री