सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा श्रमिक अधिकार संरक्षण लगायतका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
काठमाडाैँ– नेपाल र साउदी अरेबियाबीच श्रम सम्झाैता सम्पन्न भएको छ।
साउदीको रियादमा आइतबार साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताले पारदर्शी भर्ना प्रक्रिया, तलब तथा सेवा सुविधा सुनिश्चितता, म्यानपावर ठगी नियन्त्रण र श्रमिकको न्यायमा पहुँच जस्ता विषय समेटेको छ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, माननीय राजेन्द्र सिंह भण्डारी र साउदी सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री, माननीय अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका थिए।
द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्नुपूर्व दुबै देशका मन्त्रीहरूबीच बैठक भएको थियो। सो क्रममा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेको श्रम रियादस्थित नेपाली दूतावासले जनाएको छ। साथै सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन एक महत्त्वपूर्ण दस्तावेज हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे। यस सम्झाैताबाट साउदीमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको रक्षा र रोजगारको सुरक्षा हुने अपेक्षा रहेको पनि बताए।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ।
सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यसबाट साउदीमा कार्यरत तथा भविष्यमा त्यहाँ जाने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने नेपाल सरकारले विश्वास लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
