भोटेकोशी बाढीको सातौँ दिन: विदुर पुग्दा जे देखियो (तस्वीरहरू)

नुवाकोटको विदुरमा एकातिर बाढीमा परी सम्पर्कविहीन भएकाका आफन्तहरू ब्यारेकमा राखिएको सूची नियालिरहेका छन् भने अर्कातिर स्थानीयवासी घरभित्र जमेको लेदो पन्छाउन र सरसामान निकाल्न व्यस्त छन्।

काठमाडौँ/नुवाकोट– गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीको सातौँ दिन पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार र सरसफाइको काम जारी छ। बाढीको प्रभाव नुवाकोटको विदुरसम्मै देखिएको छ।

बाढीका कारण स्थानीय घर तथा भवनका माथिल्लो तलासम्म लेदो टाँसिएको छ भने सवारीसाधनमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रका बासिन्दा घरभित्र जमेको लेदो पन्छाउन र सरसामान सुरक्षित रूपमा निकाल्न व्यस्त छन्।

बाढीमा परी बेपत्ता भएकाहरूको खोजीका लागि आफन्तहरू नेपाली सेनाको ब्यारेकमा राखिएको नामावली नियालिरहेका छन्। खोलाले बगाएर ल्याएका शव तथा मानव अंगहरू कुहिन थालेपछि खाल्डो खनेर व्यवस्थापन गर्न थालिएको छ। यस्तै, संकलन गरिएका राहत सामग्रीहरू सेनाको ब्यारेकमा राखेर वितरणको व्यवस्था मिलाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण मंगलबार दिउँसोसम्म मृतकको संख्या एक हजारभन्दा बढी पुगेको छ भने तीन हजार ९०० जना अझै सम्पर्कविहीन रहेका छन्।

हेर्नुहोस्, भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुरको हालको अवस्था दर्साउने केही तस्वीरहरू:

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnull