यो रोबोट एकै ठाउँमा मात्र सीमित नभएर आवश्यकताअनुसार सडकको जुनसुकै स्थानमा स्वतन्त्र रूपमा आवत जावत गर्न सक्षम छ।
पूर्वी चीनको वुहू शहरमा रोबोट ट्राफिक प्रहरी संचालनमा आएको छ। यस शहरका सवारी चालक र पैदल यात्रीहरू केही समययता ट्राफिक निर्देशन गर्ने नयाँ प्रकारको प्रहरी अधिकारीसँग घुलमिल हुँदैछन्।
सिलिकन अनुहार, बाँधिएको कपाल र कालो चस्मा लगाएको मानव आकारको रोबोट व्यस्त चौबाटोमा ट्राफिक व्यवस्थापनमा सक्रिय देखिने गरेको छ। यस रोबोटले आफ्नो हातले इसारा गर्दै सवारी चालकहरूलाई श्रव्य सन्देश/चेतावनी पनि दिइरहेको हुन्छन्।
स्थानीय बासिन्दा झाङ सियाओपिङ भन्छन्,"यो रोबोटलाई पहिलो पटक हेर्दा वास्तविक ट्राफिक प्रहरी जस्तै देखिने रहेछ।"
यस रोबोटिक ट्राफिक अफिसरमा सडकको अवस्था बुझ्न, आवतजावत गर्दा अवरोधहरूबाट बच्न र यसको प्रणालीमा डेटा प्रसारण गर्न छवटा क्यामेरा जडान गरिएका छन्। ट्राफिक नियम उल्लङ्घन पत्ता लगाउन रोबोटले ठूलो-मोडेल डेटा प्रशोधन एल्गोरिदमहरू प्रयोग गर्दछ। यसले मोटरेबल सवारी साधनबाहेक साइकल यात्री र पैदल यात्रीहरूले गरेका अपराधहरू पनि स्वायत्त रूपमा रेकर्ड गर्न सक्छ। यसका कामहरूमा अवैध पार्किङ पत्ता लगाउने र वास्तविक समयमा ट्राफिक अवस्थाको निगरानी गर्ने पनि समावेश छन्।
यो रोबोट एकै ठाउँमा मात्र सीमित नभएर आवश्यकताअनुसार सडकको जुनसुकै स्थानमा स्वतन्त्र रूपमा आवत जावत गर्न सक्षम छ। यस्तै, पानी परेको वा चर्को घाम लागेको अवस्थामा पनि यस रोबोट ट्राफिकलाई काम गर्न कुनै कठिनाइ नहुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
