भौतिक पूर्वाधार, आवश्यक बजेट र प्राविधिक जनशक्तिको अभावमा पश्चिम नवलपरासीका विभिन्न अस्पतालमा करोडौँ मूल्यका डायलासिस मेसिनहरू प्रयोगविहीन बनेका छन्।
पाल्हीनन्दन– भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्।
नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृति अस्पताललाई विसं २०८१ मा उपलब्ध गराएको एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका ६ वटा डायलासिस मेसिन प्रयोगविहीन छन्।
आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले ती प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए।
त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको साढे आठ करोड रुपैयाँ बराबरका पाँच वटा डायलासिस मेसिन पनि प्रयोगविहीन छन्।
नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएका कारण ती मेसिन प्रयोगमा ल्याउन सकिएको छैन। सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले पनि आर्थिक र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताइन्। सुनवलमा अहिले १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ।
यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेका पाँच वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएका छन्। बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ। यदि प्रयोगविहीन भएका मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने पृथ्वीचन्द्र अस्पतालकी व्यवस्थापक सीमा काफ्लेले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
