सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेको उपस्थिति बिना नै सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ।
शनिबार राति १० बजे बसेको प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो। आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित भएका छन्।
सत्तारुढ दलका सदस्यले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए। सत्तारुढ दलका नेता र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएपछि मात्र बजेट पारित हुने वातावरण बनेको थियो।
यसअघि सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरूले बजेट पारित नगर्ने भन्दै दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो।
प्रमुख प्रतिपक्षी एमालेले भने तोकिएको समयमा बैठक शुरू नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो।
सहमती जुट्न नसकेपछि दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक राति १० बजे मात्र बसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
