आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट ल्याएको मन्त्री महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको दाबी गरे।
सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको उनको भनाइ थियो। बजेटमा उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी १०० रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको शुरूआत गर्न सक्ने व्यवस्था मिलाइएको छ।
आईटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पुँजीको कुनै सिमाना नरहेको उनले उल्लेख गरे। पूँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे।
“खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको छ। बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको छु,” उनले भने, “बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्छ।”
आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट प्रस्ताव भएको उनको भनाइ छ। वर्तमान सत्ता गठबन्धन हेरफेरको कुरा अफवाह भएको उल्लेख गर्दै मन्त्री महतले त्यसका पछि नलाग्न आग्रह गरे।
निश्चित लक्ष्यका साथ सुशासन गर्ने, आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई केन्द्रमा राखेर वर्तमान गठबन्धन अघि बढ्ने उनको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
