प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ– गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेटको सूचना चुहावट सम्बन्धमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गण्डकी प्रदेश प्रदेशसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै उनले मन्त्रालयले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सूचना चुहावट सम्बन्धमा त्रुटि एवं कानूनविपरीत भएको पाइएमा कारबाही गर्ने गराउने उनले विश्वास दिलाए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्रालयगत विनियोजनका छुट्टाछुट्टै किताब छाप्ने सम्बन्धमा सहमति भएको उनले बताए। आगामी आर्थिक वर्षबाट लागू हुने गरी योजना बैंक बनाउने कुरा तय भएको उनको भनाइ छ।
समपूरक विशेष योजनालाई परम्परा एवं नियम कार्यविधि विपरीत भए त्यसलाई सच्याइनेसमेत उनले बताए। उनले योजना कार्यान्वयनमा आएपछि प्रदेशसभा सदस्यलाई अनुगमनमा खटाइने समेत भनाइ राखे।
त्यसअघि प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले वार्षिक विकास कार्यक्रम प्रदेशसभा सदस्यले प्राप्त गर्नुभन्दा ५८ घण्टा अघि सत्ता गठबन्धनका कार्यकर्ताबाट सामाजिक सञ्जालमा राखिएको लगायतका विषय उठाउँदै त्यसबारे स्पष्ट कुरा नआउँदासम्म बैठक अघि बढ्न नसक्ने अडान लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
