राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने टिप्पणी गरेका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन्। बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको शुरूआत बताए।
“हारजितको कुरा होइन। अघिल्लो पटक पनि मैले भनेको छु–यो बजेटमा संशोधन गरियो भने यसले नोक्सान हुँदैन। सत्तारुढ दलका नेताहरू बसेर बजेटमा संशोधन गर्ने निर्णय गर्नु भयोभन्दा, संसद्को सुझाव अनुसार हामीले बजेटमा परिमार्जन गर्यौ भन्दा खेरी कसैले हारेको हुँदैन। एउटा राम्रो परम्पराको शुरूआत पनि हुन्छ। संसद्को गरिमा पनि रहन्छ,” उनले भने।
अध्यक्ष लिङ्देनले बजेटमा सत्तापक्षभित्र रुवाबासीको अवस्था रहेको देखिनु विडम्बनापूर्ण रहेको समेत बताए। उनले सत्तारुढ दलहरूले लोभ गरेर आफ्नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
