काठमाडौँको कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा बताए।
काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने बताएका छन्। “पूर्व पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको छु,” अर्थमन्त्री डा. महतले भने।
पूर्व पश्चिम राजमार्गलाई विस्तार तथा स्तरोन्नति कार्यलाई तीब्रता दिइने बताउदै अर्थमन्त्री महतले नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने घोषणा गरे।
कमला–ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ सडकखण्डको स्तरोन्नति शुरू गरिने बजेटमा उल्लेख छ । नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने योजना पनि बजेटमा समेटिएको अर्थमन्त्री महतले बताए।
सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने महतले बताए । नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त पूर्वाधारमा सरकारको प्राथमिकता रहेको उनले जनाए।
काठमाडौैमा फ्लाईओभर तथा अन्डरपास
काठमाडौैको रिङरोडमा फ्लाईओभर र अन्डरपास बनाउने योजना बजेटभित्र परेको छ। कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा बताए।
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूआत गरिनुका साथै राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने बजेटमा उल्लेख छ ।
ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाइएको छ । त्यस्तै काठमाडौँ चक्रपथको कलंकी–बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई २ अर्ब ७ करोड छुट्टयाइएको छ।
आगामी आर्थिक वर्षमा पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताउदै अर्थमन्त्री महतले १ सय ५० वटा पुल निर्माण कार्य राजमार्ग र रणनीतिक सडक अन्तर्गत सम्पन्न गरिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
