आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका छन्।
काठमाडौँ- सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति लिने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका छन्। यसअघि, राजनीतिक दलका केही नेता र सांसदहरूले गाँजामाथिको प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए।
अनुदानलाई उत्पादनमा आधारित बनाइने दाबी
'उत्पादन साथमा अनुदान हातमा' भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बजेटमा घोषणा गरिएको छ। बीउ खरिद, रासायनिक मल, बीमा र यान्त्रीकरणमा दिइँदै आएको अनुदानबाहेक बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री प्रकाशरण महतले बताएका छन्।
“अनुदानलाई प्रणालीलाई व्यवस्थित र पारदर्शि बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड कार्यविधि बनाएर कार्यान्वयन ल्याइने छ । यसबाट वास्तविक किसान लाभान्वित हुने र कृषि उत्पादन बढाउन सघाउ पुग्ने अपेक्षा छ” अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै भने। प्रदेश र स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अवलम्बन गर्ने दाबी गरीएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
