जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले आगामी बजेट मानवकेन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानवकेन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले सरकारले अहिलेसम्म मानवकेन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको टिप्पणी गरे।
लामो समयदेखि देशमा विकासको गलत मोडल अभ्यास हुँदै आएको उनको भनाइ छ। “हामीले दशकौँदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौँ। विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरू भनेको बुझियो। जसले अहिले हाम्रो हविगत यस्तो भयो। सरकारको आगामी बजेट मानवकेन्द्रित होस्,” उनले भने।
उनले प्रहरीका कर्मचारीहरू तलब नपाएर रोइरहेको अवस्थामा सरकार ऋण लिएर एयर ट्राफिक नभएका स्थानमा ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गर्नु गलत भएको बताए।
उनले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको सरकारले ठूला भ्यु टावरहरू खर्च गरिरहेको टिप्पणी गरे। उनले लागेर प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई सरकार लहैलहैमा चार लेन बनाउने लागेको भन्दै असन्तुष्टि जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
