काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डल र नयाँ सडक क्षेत्रबाट अव्यवस्थित तार निकालेको छ। यो अभियान काठमाडौँ महानगरपालिकाभरि चलाइने जनाइएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तारहरूको व्यवस्थापन शुरु गरेको छ। सोमबार बिहान माइतीघर मण्डल क्षेत्रका तार काटिएको छ।
महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिंक, बोर्ड लिंकलगायत सम्बन्धित निकायहरूसँगको समन्वयमा तार व्यवस्थापन शुरू गरेको जनाएको छ। तार व्यवस्थापनको शुभारम्भपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगरका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरूसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन शुरु गरिएको बताए।

यो अभियान काठमाडौँभरिका अव्यवस्थित तार नहटाएसम्म जारी रहने वाग्लेको भनाइ छ। अव्यवस्थित तारका कारण दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि हटाउने अभियान चलाउनु परेको उनले बताए।
तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गरेर माइतीघर मण्डल पुगेका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो सबै तार फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताए। उनले तार व्यवस्थापनको कार्य समन्वयमा नै शुरू भएको पनि बताए।

महानगरले सोमबार बिहान नै नयाँ सडक क्षेत्रको अव्यवस्थित तार पनि हटाएको छ।
काठमाडौँ महानगर, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीच आइतवार बसेको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गतेभित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
