शीर्ष सत्तारूढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’का कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँ- सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।
मंसिर चार गते हुने 'प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता'नामक घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ जस्ता नारा समेटिएका छन्।
५२ पृष्ठ लामो घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउने, संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने प्रतिज्ञा गरेको छ।
त्यस्तै, बृहत् लक्ष्यका रूपमा नेपाली कांग्रेसले कोखदेखि शोकसम्मका कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाएको छ। जसअन्तर्गत मान्छे जन्मेदेखि मृत्युसम्मका का लागि विभिन्न योजना अघि सारेको छ। जसमा प्रजनन स्वास्थ्य र अधिकार, सुरक्षित मातृत्व, बालविकास, शिक्षा, स्वास्थ्य, रोजगारी र श्रम, वृद्धावस्था, मृत्यु संस्कारलगायतका प्रतिबद्धता समावेश गरिएका छन्।
घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो।
अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायतका कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन्।
यी हुन् कांग्रेसको चुनावी प्रतिज्ञा:
हामी के गर्छौं
• संघीय संसद् र प्रदेश सभाले बनाउन बाँकी रहेका कानून निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने छौँ
• सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने छौँ
• सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता र व्यक्तिको 'ट्र्याक रेकर्ड हेरेर निश्चित मापदण्डका आधारमा गर्ने छौँ
• निजी क्षेत्रसँगको परामर्शमा खारेज, सुधार वा नयाँ निर्माण गर्नु पर्ने करिब २ दर्जन ऐनहरूको ओम्निबस आर्थिक प्याकेज' ६ महिनाभित्रै ल्याउने छौँ
• 'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम'लाई १०० दिन भित्रै विस्तार गरी कार्यान्वयन गर्ने छौँ
• स्वार्थको द्वन्द्व सम्बन्धी एकीकृत कानून तर्जुमा गर्ने छौँ
• सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्ति भ्रष्टाचार, सामाजिक विचलन वा अनियमितता वा फौजदारी कसुरमा आरोप लागेमा तत्काल पदमुक्त गरी छानबिन गर्ने छौँ
• विद्युतीय प्रणाली मार्फत पाँच वर्षपछि हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्णायक पहल गर्ने छौँ
विस्तृत शान्ति सम्झौताको भावना अनुसार संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गर्ने छौँ
• भ्रष्टाचारलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न मौजुदा कानूनमा अत्यावश्यक सुधार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्ने छौँ
• संकल्पमा उल्लेखित विषयहरूको कार्यान्वयनको अवस्थाका सन्दर्भमा पार्टीभित्र अनुगमन र मूल्याङ्कन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र पार्टी अडिट गर्ने छौँ
हामी के गर्दैनौँ
• दलहरूको आन्तरिक विवाद वा फरक दलहरू बीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ
• सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौँ, गर्न दिने छैनौँ
• कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्ने छैनौँ
• निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ, गर्न दिने छैनौँ
• कानून, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन गर्दैनौ, गर्न दिने छैनौँ
• महिलामाथि हुने हिंसा, जातीय भेदभाव, छुवाछुत, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुनै पनि कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत संलग्न हुने छैनौँ
• स्वार्थले द्वन्द्व सृजना हुने कुनैपनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न हुने छैनौँ
• संविधानको मर्म र भावना विपरीत प्रदेश र स्थानीय सरकारका अधिकारमा अवाञ्छित हस्तक्षेप गर्ने छैनौँ
• अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र रूपान्तरणकारी ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण गर्ने छैनौँ
घोषणापत्रको पूर्णपाठः
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
