खानेपानीको चरम अभाव भएको बोधे गाउँका स्थानीयले बर्खामा संकलित पानी सकिएपछि प्रतिलिटर दुई रुपैयाँमा किनेर प्रयोग गर्दै आएका थिए।
धनकुटा– चौबिसे गाउँपालिकास्थित बोधे गाउँमा बर्खाको पानी जम्मा गर्नुपर्ने बाध्यता हट्ने भएको छ।
लिफ्टिङ खानेपानी आयोजना पूरा भएपछि सो गाउँका ४११ घरधुरीलाई राहत पुग्ने भएको छ। २०७१ सालमा निर्माण थालिएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण वितरण शुरू गरिएको छ। संघ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजार रुपैयाँ लागतमा निर्माण भएको हो।
खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा संकलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर दुई रुपैयाँका दरले खानेपानी किनेर खाँदै आएका थिए। पानी किन्न नसक्नेका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो। आयोजना पूर्णरूपमा सञ्चालन भएपछि बोधेवासीले पानीको समस्याबाट मुक्ति पाउने बोधे खानेपानी निर्माण व्यवस्थापन समितिका अध्यक्ष आधुनिक देवानले बताए।
“खानेपानी नहुँदा वडावासीले बर्खाको पानी थापेर खाँदै आएका थिए”, देवानले भने, “अब यो खानेपानीले गाउँवासीलाई काकाकुलको अवस्थाबाट मुक्ति दिनेछ।” खानेपानी लिफ्टिङ गर्ने मोटर बिग्रिएर अहिले आंशिक मात्र वितरण भइरहेको उनले बताए।
मौन खोलाबाट गढी गाउँसम्म डेढ किलोमिटर लिफ्टिङ गरिएको उक्त खानेपानी वितरण परीक्षण सफल भएको डिभिजन कार्यालय धनकुटा प्रमुख राजकुमार मण्डलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
