नागरिक समाज तथा मानव अधिकार समुदायले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीचको मनमुटावका कारण भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
काठमाडौँ- नागरिक समाज तथा मानव अधिकार समुदायले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीचको मनमुटावका कारण भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
मानवअधिका आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, पत्रकार तथा लेखक कनकमणि दीक्षित,मानव अधिकार तथा शान्ति अभियन्ता शोभाकर बुढाथोकी,अधिवक्ता विकास बस्नेत, पत्रकार तथा लेखक सुशील बी.के.लगायत २६ जनाले सयुक्त्तरूमा विज्ञप्ति जारी गरेर छानबिनको माग गरेका हुन्।
विज्ञप्तिमा उक्त घटनामा एक नागरिकको ज्यान गएको र धेरै घाइते भएको भन्दै घटनाको कारण र हिंसा भड्काउने पक्षबारे तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन पनि माग गरेका छन्।
सुरक्षा संयन्त्रबाट भीड नियन्त्रणका क्रममा आवश्यक संयमता अपनाउन नसकिएको भन्दै नागरिक समाज तथा मानव अधिकार समुदायले घटनाको छानबिनका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय आयोग गठन गर्न माग गरेका छन्। उनीहरूले आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने वातावरण बनाउनुपर्ने र नेपाली सेनाको परिचालनको औचित्यबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
"नेपालको अन्तरसामुदायिक सामाजिक बनोट मौलिक प्रकारको भएकाले आपसी सद्भाव र सहिष्णुतालाई जोगाइराख्न हामी सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौँ," विज्ञप्तिमा भनिएको छ।
सम्भावित उक्साहट, प्रलोभन तथा घुसपैठप्रति सरकार र नागरिकलाई सचेत रहन आग्रह गर्दै मुलुकमा दीर्घकालीन शान्ति, सुरक्षा, सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण निर्माण गर्नसमेत सरकारसँग अपिल गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
