रोशी खोलामा बहाब उच्च भएपछि यात्रु र सवारीसाधनको सुरक्षाका लागि बीपी राजमार्गको रोशी खण्डमा मंगलबार मध्याह्नदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा मंगलबार मध्याह्न १२:३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ।
रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।
उनले बिपी राजमार्ग हुँदै जाने सवारीलाई काभ्रेको धुलिखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुर्कोट तथा नेपालथोकमा रोकिएको बताए।
बेमौसमी वर्षाले दिनानुदिन बीपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गरिँदै आएको अनिश्चितकालीन बन्दको अवधि पुनः लम्बिएको छ। सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैलाई अपिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
