पर्सा जिल्ला अदालतले वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पर्सा– पर्सा जिल्ला अदालतले वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लिखतसम्बन्धी कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिए।
“झुटा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ,” उनले भने, “न्यायाधीशबाट आदेश आइसकेको छ। अहिले नगरप्रमुख सिंहले धरौटीको रकम जम्मा गर्ने प्रक्रिया अघि बढाएका छन्।”
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगन्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो। पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई मंगलबार पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
नगरप्रमुख सिंहलाई अर्काकी छोरीको नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ।
पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्नका लागि अनुरोध गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
