सिन्धुलीको खुर्कोट हिरासत कक्षमा एक थुनुवाको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिले प्रहरी उपरीक्षकदेखि जवानसम्म १० जनालाई कारबाही गर्न सिफारिस गरेको छ।
काठमाडौँ– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाही सिफारिस गरेको हो।
समितिले १ जनालाई सचेत, २ जनालाई ध्यानाकर्षण, ५ जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्न, ड्युटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
