सांसदहरूले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई उचित व्यवस्थापनसहित तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गरेका छन्।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गरे।
होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरिब बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाउनुपर्नेमा उनीहरूले जोड दिए।
अवलोकन प्रतिवेदनमा होल्डिङ सेन्टरमा गोपनीयताको अभाव र दैनिक कामको अनिश्चितता तथा प्रभावित नागरिकको भविष्य अन्योल देखिएकाले पुनःस्थापनाको स्पष्ट योजना र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिइएको छ।
होल्डिङ सेन्टरमा मानव अधिकारको उल्लंघन नदेखिए पनि दीर्घरोगी, बिरामी तथा सुत्केरीलाई भने औषधि र पौष्टिक खानाको कमी पाइएको तथा आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नुपर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
