मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोक्ने, विद्युत् प्रसारण लाइनको प्रत्युत्तरपत्र स्वीकृतिका साथै सहकारीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसहित निर्णय गरेको छ।
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे-केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तरपत्र स्वीकृत गरेको छ। यो निर्णयसँगै नेपाल र चीनबीचको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्ने देखिएको छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत गठित 'सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनलाई सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने निर्णयसमेत बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
