मुस्ताङको एकमात्र प्रदेश अस्पताल जोड्ने सडक कालीगण्डकी करिडोर आयोजनाले खार्ने क्रममा बिगारेपछि एम्बुलेन्ससहितका सवारीसाधन ठप्प भई सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।
मुस्ताङ– जोमसोमस्थित जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई समस्या परेको छ।
कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकको सतह घटाएकाले (ग्रेड डाउन गरेकाले) यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो।
अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिएकी छन्। अस्पताल जोड्ने सडकका लागि तीनवटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म कुनै समाधान निस्कन सकेको छैन।
पहिलो विकल्पका रूपमा मुख्य राजमार्गको सडक उकासेर अस्पताल जाने सडक सहज बनाउने, दोस्रो विकल्पमा आयोजनाको योजनाअनुसार व्यक्तिको घरअगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्पका रूपमा हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सहज बनाउने प्रस्ताव गरिएको थियो।
सडक सञ्चालनका लागि अघि सारिएका यी तीनमध्ये कुनै पनि विकल्प हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन्। प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरूचच पटक-पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
