भारतको राजधानी दिल्लीस्थित एक बहुतले घरमा एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
भारतको राजधानी दिल्लीस्थित एक बहुतले घरमा एयर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वी दिल्लीको विवेक विहार इलाकामा आइतबार बिहान पीडितहरू सुतिरहेको अवस्थामा उक्त दुर्घटना भएको हो। दिल्ली प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालक र चार महिलासहित नौ जना रहेका छन्। एसी विस्फोटपछि सल्किएको आगो केही मिनेटमै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त घरका विभिन्न भागबाट नौ जनाको मृत शरीर निकालिएको छ भने अन्य २० जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
आगो नियन्त्रणका लागि दमकलका १४ वटा टोली खटिएका थिए। एयर कन्डिसनर विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
