पेन्टागनले जर्मनीमा तैनाथ आफ्ना सैनिकमध्ये करिब पाँच हजारलाई आगामी एक वर्षभित्र फिर्ता गर्ने घोषणा गरेपछि नेटोले यस निर्णयबारे अमेरिकासँग विस्तृत विवरण माग गरेको छ।
जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन्।
मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट सैनिक फिर्ता गर्ने वासिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको जनाएको छ। पार्नेलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछिको आवश्यकता र सर्तहरूको मान्यतामा आधारित छ।”
गत वर्ष (सन् २०२५) डिसेम्बर ३१ सम्मको तथ्यांकअनुसार नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय अमेरिकी सैनिक तैनाथ थिए। त्यसैगरी इटालीमा १२ हजार ६६२ र स्पेनमा ३ हजार ८१४ अमेरिकी सैनिक रहेका थिए।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार प्रतिक्रिया दिँदै युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिने बताए। उनले भने, “यस समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ।”
यसैबीच, व्यापारिक सम्बन्धमा पनि तनाव देखिन थालेको छ। युरोपेली संघले गत वर्ष हस्ताक्षर गरेको व्यापार सम्झौता पालना नगरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले अर्को हप्तादेखि लागू हुने गरी युरोपबाट आयात हुने कार र ट्रकमा भन्सार दर बढाएर २५ प्रतिशत पुऱ्याउने घोषणा गरेका छन्।
नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै यस निर्णयले युरोपेली राष्ट्रहरूले आफ्नो रक्षा बजेटमा थप लगानी गर्नुपर्ने चुनौती थपिएको उल्लेख गरेकी छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
