आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

फाइल तस्वीर

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित मध्यम सम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।