काठमाडाैँमा बाँकी रहेका सबै सुकुमवासी बस्ती शुक्रबार खाली गराइने

यसअघि थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमवासी बस्ती खाली गराइसकेको छ।

काठमाडौँ– काठमाडौँका नदी किनार आसपास बाँकी रहेका सबै सुकुमवासी बस्तीका संरचनाहरूलाई प्रशासनले आउँदो शुक्रबार खाली गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक सबै सुकुमवासी बस्ती खाली गराउने काम शुरू हुने जनाएको हो। यसअघि गत शनिबार थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमवासी बस्ती खाली गराएको थियो।

"काठमाडौँ जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनधिकृत तवरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौँ जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकै पटक विभिन्न स्थानहरूबाट शुरू हुनेछ," प्रशासनले विज्ञप्तिमा भनेको छ।

तोकिएको अवधिसम्म बस्ती खाली नगरे वा अटेर गरी बसिरहे थप क्षति भएमा प्रशासन जिम्मेवार नहुने पनि सूचनामा उल्लेख छ।

nullnull