प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको छ।

फाइल तस्वीर

काठमाडौँ– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार अहिले सिमरा, पोखरा, विराटनगर र भैरहवाको उडानमा ढिलाइ भइरहेको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका केही जहाज पनि अहिले आकाशमा होल्डमा छन्। मौसममा सुधार आएसँगै आन्तरिकतर्फका सबै उडान पुनः शुरू हुने कार्यालयले जनाएको छ।