महान्यायाधिवक्ता डा. कँडेलले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ- नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।  

शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम,  सर्वोच्च अदालतका न्यायाधीश र कानुन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई आजै महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।