नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिएका हुन्।

काठमाडौँ- प्रतिनिधिसभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्याल (डीपी)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।