काठमाडाैँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

आन्दोलनको छानबिन गर्न गठित आयोगले उनलाई पनि कारबाही सिफारिस गरेको थियो।

काठमाडाैँ– काठमाडाैँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

भदाै २३-२४ गते जेनजी आन्दोलनको समयमा काठमाडौँका सीडीओ रहेका उनलाई प्रहरीको टोलीले केही बेरअघि सुविधानगरबाट पक्राउ गरेको हो। आन्दोलनको छानबिन गर्न गठित गाैरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई पनि कारबाही सिफारिस गरेको थियो। 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।