राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सोमबारको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गतेका लागि बैठक आह्वान गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४.०० बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।”
राष्ट्रपतिबाट आह्वान भएसँगै बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
