मन्त्रिपरिषद्ले आगामी चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्नुका साथै संविधान संशोधन बहसपत्र तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ— सरकारले आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिँदै संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको समेत बताए। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको अध्यक्षतामा गठन हुने उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहनेछ।
“संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय भएको छ। राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ,” मन्त्री पोखरेलले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
