सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ।

काठमाडौँ– शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिए।

क्याप्टेन सुरज थापाको कमान्डमा रहेको 'नाइन एन–एएनओ' कलसाइनको हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए।

दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ। प्रबन्ध निर्देशक लामिछानेका अनुसार सुरक्षित भेटिएको उक्त हेलिकप्टर शनिबार मात्र काठमाडौँ फर्कनेछ। उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार थिए।