नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

विश्वभर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
फाइल तस्वीर

काठमाडौँ- विश्वभर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ।

गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ।

विश्वमा रहेका नेपाली मूलका नेपालीहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । रासस