निर्वाचनमा बन्द गरिएको कुर्था–जनकपुर–जयनगर रेल सेवा पुन: सञ्चालन (तस्वीरहरू)

प्रतिनिधिसभा निर्वाचनका समयमा बन्द गरिएको रेल सेवा अहिले पुनः नियमित रूपमा सञ्चालन भइरहेको छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनका समयमा बन्द गरिएको रेल सेवा अहिले पुनः नियमित रूपमा सञ्चालन भइरहेको छ। कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आएसँगै जनकपुर तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका सर्वसाधारण लाभान्वित भएका छन्।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनीसँग रेल खरिद गरेको हो। पाँच वटा डिब्बा भएको रेलमा एकैपटक करिब १२ सयदेखि १३ सय यात्रुले यात्रा गर्न सक्छन्।

हाल कुर्था–जनकपुर–जयनगर खण्डमा मात्र सञ्चालन भइरहेको रेल सेवा विस्तार गर्ने योजना अन्तर्गत पूर्व–पश्चिम रेलमार्ग निर्माण भइरहेको छ। यसमध्ये सर्लाही खण्डमा करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाको लालबन्दी कार्यालयले जनाएको छ।

nullnullnullnullnullnullnullnullnull