भोटेकोशी बाढीको छैटौँ दिन: कतै आफन्तको खोजी, कतै लेदो पन्छाउँदै प्रभावित (तस्वीरहरू)

हेर्नुहोस् भोटेकोशी बाढीले निम्त्याएको अवस्था देखाउने त्रिवि शिक्षण अस्पताल र देवीघाटका केही तस्वीरहरू:

रसुवास्थित भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन पनि उद्धार तथा सम्पर्कविहीनहरूको खोजी कार्य जारी छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जोड्ने सडक सञ्जाल प्रभावित छ। जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास पनि जारी छ।

यता, सम्पर्कविहीन व्यक्तिका आफन्तहरू नाम टिपाउन र पहिचानका लागि काठमाडौँ, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललगायतका स्थानमा पुगेका छन्। उनीहरू त्यहाँस्थित भित्तामा टाँसिएका तस्वीरहरू नियालिरहेका छन्।

त्यस्तै, नुवाकोटको देवीघाटका बाढी प्रभावितहरू भत्किएका घर तथा संरचना सफा गर्दैछन्। बाढीले घरका माथिल्ला तलासम्मै लेदो पुर्‍याएको छ। केही प्रभावितहरू भने आफ्ना क्षतिग्रस्त संरचना देखेर अन्योलमा परेर बसिरहेका देखिन्छन्।

हेर्नुहोस् भोटेकोशी बाढीले निम्त्याएको अवस्था देखाउने त्रिवि शिक्षण अस्पताल र देवीघाटका केही तस्वीरहरू:

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull