सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
काठमाडौँ- सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सीजेड ०७७७ नम्बरको स्कर्पियोले विवाहमा जन्ती आएका मानिसलाई ठक्कर दिएको हो।
दुर्घटनापछि प्रहरीले स्कर्पियो र चालक सर्लाही बरहथवा नगरपालिका – १२ लौकठ निवासी नरेश ठाकुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बरहथवामा राखेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका– ९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो। राति करिब ८ बजे चिकित्सकले उनको मृत्यु भएको जानकारी दिए।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
