पछिल्लो २४ घण्टामा झापामा १२९ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ भने अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– देशभर मौसम बदली कायम रहँदा शुक्रबार विभिन्न जिल्लामा भारीदेखि अति भारीसम्म वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको हो।
त्यस्तै कास्की, लमजुङ, तनहुँ, चितवन र इलाममा पनि ५० मिलिमिटरभन्दा बढी (भारी) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार नेपालमा अझै केही दिन मौसम बदली कायमै रहनेछ।
हाल तनहुँ, मकवानपुर र बारा लगायतका जिल्लाहरूमा वर्षा जारी छ। यद्यपि, गण्डकीभन्दा पश्चिमका क्षेत्रमा भने शुक्रबार वर्षा भएको छैन। आज देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित असिनापानीसमेत परेको थियो। यसअघि बुधबार चितवनमा मात्र १२ घण्टाको अवधिमा १२६ मिलिमिटर वर्षा भएको थियो।
विभागले शुक्रबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायु र पूर्वी भूभागको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। हाल बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। गण्डकीका पहाडी र बागमतीका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ।
भोलि शनिबार कोशी, सुदूरपश्चिम लगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका साथै अन्य प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशीको तराई तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
