निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको, समानुपातिकतर्फको मतगणना फागुन २७ गतेसम्म सकिने र चैत ५ गतेभित्र निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने गरी काम भइरहेको जनाएको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १६५ मध्ये १५७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी सात क्षेत्रमा गणना कार्य जारी छ। आयोगले सोमबार दिउँसोसम्म प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुने जनाएको छ।
त्यसैगरी, समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ। हालसम्म कुल खसेको १ करोड ९ लाख मतमध्ये करिब ४६ प्रतिशत अर्थात् ५० लाख मत गणना सम्पन्न भइसकेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पर्सि फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सम्पूर्ण गणना कार्य सकिने अनुमान गरिएको छ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले दलगत सिट संख्या निर्धारण गर्नेछ। तत्पश्चात्, दलहरूले पेश गरेको बन्दसूचीबाट समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व सुनिश्चित हुने गरी सांसदको नाम सिफारिस गर्न सम्बन्धित दलहरूलाई पत्राचार गरिनेछ।
दलहरूबाट प्राप्त नामावलीलाई आयोगले संवैधानिक तथा कानूनी समावेशी प्रावधानबमोजिम रुजु गर्नेछ। सो प्रक्रिया पूरा भएपछि मात्र निर्वाचित सांसदहरूको नाम आधिकारिक रूपमा घोषणा गरी प्रमाणपत्र प्रदान गरिनेछ। प्रतिनिधिसभा निर्वाचनसम्बन्धी यी सम्पूर्ण कार्यहरू आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी काम गरिरहेको आयोगको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
