इरानको आक्रमणपछि तीन दिनदेखि बन्द रहेका दुबई र अबुधाबी विमानस्थलबाट सोमबार साँझदेखि सीमित उडानहरू पुनः शुरू हुने भएका छन्।
इरानले खाडी क्षेत्रमा आक्रमण शुरू गरेपछि तीन दिनदेखि बन्द रहेका दुबई र अबुधाबी सहितका विमानस्थलबाट सोमबार साँझदेखि ‘सीमित’ उडानहरू पुनः शुरू हुने भएका छन्। अबुधाबी विमानस्थल प्रशासनले सोमबार साँझबाट उडान सञ्चालनमा आउने जानकारी दिएको छ।
प्रशासनका अनुसार दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी)’ र ‘दुबई वर्ल्ड सेन्ट्रल–अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल (डीडब्ल्यूसी)’ बाट सीमित संख्यामा उडान शुरू गर्ने घोषणा गरेको छ। ‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझदेखि केही उडानहरू पुनः सञ्चालन गर्ने बताएका छन्। यस्तै, अबुधाबीबाट उडान भर्ने ‘इतिहाद एयरवेज’ले भने मंगलबारदेखि मात्र सेवा शुरू गर्ने जनाएको छ।
इरानले खाडी मुलुकका सैन्य अखडाहरूसँगै आवासीय भवन, होटल, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारमा समेत बमबारी र प्रहार गरेको पाइएको छ। यस आक्रमणले लामो समयदेखि मध्यपूर्व द्वन्द्वबाट सुरक्षित मानिँदै आएको यस क्षेत्रमा ठूलो तनाव सिर्जना गरेको छ।
इरानले शनिबारदेखि शुरू गरेको सैन्य अभियानका क्रममा दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
यूएईले शनिबार आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल परिषद्का अनुसार दुबईको मुख्य विमानस्थल (डीएक्सबी) संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वकै दोस्रो व्यस्त विमानस्थल हो। हवाई क्षेत्र बन्द हुँदा यूएईको अर्थतन्त्रको झन्डै एक तिहाइ हिस्सा ओगटने हवाई उद्योग र समग्र अर्थतन्त्रमा ठूलो असर परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
