निर्वाचन सुरक्षाका लागि उपत्यकाका ८० प्रतिशत ट्राफिक प्रहरी अन्य प्रदेशमा खटिएपछि काठमाडौँको सवारी व्यवस्थापनका लागि सडकमा निर्वाचन प्रहरी परिचालन गरिएको छ।
काठमाडौँ– निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप घट्दै गएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचनको तयारीका लागि उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको हो।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले उपत्यकामा उपलब्ध सवारीसाधनहरूको अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार हाल कार्यरत् जनशक्तिमध्ये करिब ८० प्रतिशतलाई उपत्यका बाहिर खटाइएको छ।

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेष गरी मधेश, गण्डकी र कोशी प्रदेशमा पठाइएको उनले बताए। उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा खटाइएको सुवेदीले स्पष्ट पारे।

उनले भने, “सवारी चाप घट्दै गइरहेको छ। हामीसँग भएका सवारीसाधनहरू (सवारी दस्ता) अधिकतम प्रयोग गर्ने तयारी गरेका छौँ। ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर पठाइएको छ। व्यवस्थापनमा सहजताका लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौँ।”

निर्वाचनका लागि ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएकाले पनि सडकमा सवारी चाप कम देखिएको प्रहरीले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
