होली सकिएलगत्तै निर्वाचन हुने भएकाले होली मनाउन र मतदान गर्न घर फर्कने सर्वसाधारणको संख्या बढेको यातायात व्यवसायीहरूले बताएका छन्।
काठमाडौँ– काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। यातायात व्यवसायी र ट्राफिक प्रहरीका अनुसार होली पर्वको बिदा मनाउनुका साथै निर्वाचनमा मतदान गर्न ठूलो संख्यामा सर्वसाधारण बाहिरिने क्रम जारी छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यसपटक निर्वाचनका लागि उपत्यका बाहिरिने यात्रुको चाप विगतका वर्षहरूभन्दा बढी रहेको बताए। होली पर्वसँगै लगातार चार–पाँच दिन सार्वजनिक बिदा परेकाले पनि यो संख्या बढेको उनको भनाइ छ।
“टिकट बुकिङ तीव्र छ। फागुन ९ गतेदेखि नै चाप बढ्न थालेको थियो,” सिटौलाले भने, “बुधबार मध्याह्नसम्म करिब ८ देखि ९ लाख मानिस बाहिरिसक्ने हाम्रो अनुमान छ।” विशेष गरी तराई क्षेत्रका मतदाताहरू होली र निर्वाचन दुवैका लागि घर फर्कने क्रम बढेको उनले जानकारी दिए।
यता, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अहिलेसम्म करिब सात लाख मानिस उपत्यकाबाट बाहिरिएको तथ्याङ्क रहेको जानकारी दिए। उनले मतदाता र यात्रुको सहज आवतजावतका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए। “बाहिरिने क्रम अझै जारी छ, हामीले सडकमा यातायातको निगरानी र सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेका छौँ,” सुवेदीले भने।
निर्वाचन र चाडपर्वको यो संयोगले यातायात क्षेत्रमा अत्यधिक चाप सिर्जना गरेपछि प्रशासन र व्यवसायी दुवैले थप सतर्कता अपनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
