इरानी ड्रोन आक्रमणका क्रममा यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको छ।
काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी आक्रमणका क्रममा गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ (ठाँटी)का दिवस श्रेष्ठको मृत्यु भएको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार २९ वर्षीय श्रेष्ठको आइतबार मृत्यु भएको हो। उनी त्यहाँस्थित ‘मिडल इस्ट’ कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको जनाइएको छ। राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिएको छ।
कांग्रेस महामन्त्री थापाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यूएईमा नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सोमबार एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
महामन्त्री थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्। द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि सरकारले आवश्यक सतर्कता र समन्वय गर्नुपर्नेमा उनले जोड दिएका छन्।
विज्ञप्तिमार्फत थापाले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन माग गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, उनले जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ र समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीको पहिचान र सहयोगका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन्। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
